बन्दीपुरमा मनाइयो खड्गजात्रा
दमौली- तनहुँको बन्दीपुरमा ऐतिहासिक खड्गजात्रा मनाइएको छ । बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा आज खड्गजात्रा मनाइएको हो ।
हरेक वर्ष फूलपातीको दिन बन्दीपुर गाउँपालिका–४ स्थित खड्गदेवी मन्दिरमा यो जात्रा मनाउने प्रचलन छ । बन्दीपुरमा तीन सय वर्ष पहिलादेखि फूलपातीको अवसरमा खड्गजात्रा मनाउने प्रचलन रहेको बन्दीपुर नेवाः पुचका अध्यक्ष किसान प्रधानले जानकारी दिए । उनले भने, 'फूलपातीको दिन बन्दीपुरको खड्गदेवी मन्दिरमा राजा मुकुन्द सेनको खड्ग प्रदर्शन गरेर बजार परिक्रमा गराउने प्रचलन छ ।'
बन्दीपुरमा नेवार, मगर, ब्राह्मण र दलित समुदायको बसोबास छ । खड्गदेवी मन्दिरमा हुने पूजाआजा र जात्रामा पनि नेवार, मगर, ब्राह्मण र दलित समुदायको सहभागिता हुने गरेको छ । यो मन्दिरमा फूलपातीका दिन खड्ग जात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा उल्लेख छ ।
खड्गदेवी मन्दिर बन्दीपुरको ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदा हो । सबैको साझा सांस्कृतिक सम्पदाकको रूपमा यो मन्दिर यहाँका जातजातिको एकताको प्रतीकका रूपमा हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया