'तमु ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै आएको छ'
फाइल फोटो
काठमाडौं - नेपाली कांग्रेसले तमु (गुरुङ) जातिको महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा शुभकामना व्यक्त गरेको छ ।
स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र पार्टी सभापति शेरबहादुर देउवाले व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।
‘तमु जातिको नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको छ । यो पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको छ,’ सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन, ‘यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु ।’
सभापति देउवाले तमु ल्होसारले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेका छन । ‘यो महत्वपूर्ण पर्वका अवसरमा सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः शुभकामना’ देउवाले सन्देशमा भनेका छन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया