बिस्केट जात्रा : ५५ हाते लिङ्गो ढालियो
काठमाडौँ- बिस्केट जात्राको प्रमुख मानिने ५५ हाते योसिंः द्यो अर्थात लिङ्गो ढालिएको छ ।
तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी शनिबार साँझ लिङ्गो ढालिएको हो । पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले तानेर लिङ्गो ठड्याइने प्रचलन छ । त्यही आठ डोरी आठ कुनामा राखेर लिङ्गो ढालिएको थियो ।
लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजासमेत भनिन्छ । बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनाका साथै शत्रु नास हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले सो जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।
लिङ्गो ढालिएपछि ल्यासिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया