जात्रा-पर्व

कोटीहोममा भक्तजनको भिड (फोटोफिचर)

गंगा थपलिया |
साउन २७, २०८१ आइतबार १०:४ बजे

काठमाडौँ - पशुपतिनाथ मन्दिर परिसरमा भएको बृहत् कोटीहोम महायज्ञमा भक्तजनको भिड लागेको छ । साउनभर चल्ने कोटीहोममा अहिलेसम्म २५ लाखभन्दा बढी भक्तजनहरू सहभागी भएको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभा,  भारतीय गुरु महाराज अनिरुद्राचार्य र कृष्ण दमाई लगायतले कथा वाचन गरेका थिए ।


कोहीहोम साउन महिनाभिर चल्नेछ ।  दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पराण गर्ने गरिएको छ ।

ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको छ ।


Author

थप समाचार
x