जात्रा-पर्व

विकृतिविरुद्ध हास्य व्यङ्ग्यका रूपमा गाईजात्रा

इकागज |
भदौ ४, २०८१ मंगलबार १४:५३ बजे

काठमाडौँ- विकृतिविरुद्ध हास्य-व्यङ्ग्यका रूपमा गाईजात्रा पर्व मनाइएको छ ।

हास्य-व्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हास्य-व्यङ्ग्यसँग पनि जोडिएको छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत आयोजना हुँदै आएको छ ।


यस्तै गाईजात्राका अवसरमा रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौँमा हास्य कलाकारहरूसँग साक्षात्कार गरेको थियो । कार्यक्रममा हास्य कलाकारहरूले मुलुकको राजनीतिक लगायतका अवस्थाका बारेमा हास्य व्यङ्ग्यका रूपमा कटाक्ष गरेका थिए । हास्य कलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गरे ।

हास्य कलाकार हिमेश पन्तले पनि बेथितिमाथि व्यङ्ग्य गरेका थिए भने हास्य कलाकार जितु नेपालले वर्षौंदेखि गाईजात्रामा व्यङ्ग्य गर्दा पनि नेताहरू नसुध्रिएको बताए । हास्य कलाकार राजा राजेन्द्रले राजा राजेन्द्रले स्वर्गीय पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, महानायक राजेश हमाल, प्रधानमन्त्री ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा.बाबुराम भट्टराईलगायतको क्यारिकेचर गरे । त्यस्तै हास्य कलाकार शैलेन्द्र सिम्खडाले राजनीतिक व्यक्तित्वमाथि कवितामार्फत व्यङ्ग्य गरे ।

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।


Author

थप समाचार
x