Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

जात्रा-पर्व

इन्द्रजात्राकालागि चिटिक्क पारिदैं बसन्तपुर (फोटो फिचर)

अनुज बज्राचार्य |
भदौ १८, २०८१ मंगलबार २०:७ बजे

तस्बिर : अनुज बज्राचार्य

काठमाडौँ - इन्द्रजात्राका लागि काठमाडौँकाे बसन्तपुर दरबार स्क्वायर चिटिक्क पारिदैंछ । हनुमानढोका दरबारमा रंगरोगनको काम धमाधम भइरहेकाे छ । जात्रा आउँदो असोज १ गते हुँदैछ । 

विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्नु अघि बसन्तपुरमा राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा छ । 


वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x