जात्रा-पर्व

दशैंको टिकाको उतम साइत ११ बजेर ३६ मिनेटमा

इकागज |
असोज ४, २०८१ शुक्रबार २१:३० बजे

फाइल फाेटाे

काठमाडौँ -  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको जनाएको छ । समितिले आज जारी गरेको सूचनामा सो कुरा उल्लेख गरिएको हो । 

२०८१ सालको दशैं असोज १७ गतेबाट दशैं सुरु हुनेछ । १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको  सूचनामा उल्लेख छ ।


असोज २४ गते फूलपाती भित्र्याउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरूमा दशैंको सार्वजनिक बिदा सुरु हुनेछ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ ।

यस्तै असोज २६ गते दशैंको मुख्य दिन टीका हो । यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ । सो दिन टीका लगाइ माग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ ।

असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ । यसै दिनबाट दशैं सकिन्छ ।


Author

थप समाचार
x