जात्रा-पर्व

इन्द्रजात्रा सकियो

इकागज |
असोज ६, २०८१ आइतबार १४:४५ बजे

फाइल फाेटाे

काठमाडौँ - हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व समापन भएको छ । सो अवसरमा रष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अन्तिम दिन शनिबार राती हनुमानढोका दरबार क्षेत्र वसन्तपुर पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गरेका छन् ।

साथै राष्ट्रपति पौडेलले सो अवसरमा श्रीगणेश, श्रीकुमारी र श्री भैरवको दर्शन गरे । टीका एवम् प्रसाद ग्रहण पछि राष्ट्रप्रमुखले कुमारीसँग खड्ग साट्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले खड्ग साटे । 


भाद्रशुक्ल द्वादशिका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थन गरी शुरू हुने यो जात्रा काठमाडौ उपत्यकामा मनाइने सबैभन्दा लामो जात्रा  हो ।

इन्द्रजात्राको अन्तिम दिन कुमारी, गणेश र भैरवसहितको रथयात्रा साँझ हनुमानढोकास्थित कुमारी घर अगाडिबाट निकालिएको थियो । उक्त रथयात्रा प्याफल, नरदेवी, किलागल, भेँडासिंह, इन्द्रचोक हुँदै पुनः हनुमानढोकामा पुगेको थियो । हनुमानढोकामा रथयात्रा पुगेपछि कुमारीलाई पञ्चबुद्ध गुरुजुले शान्ति स्वस्तिक गरेर कुमारी घरमा लगेका थिए ।


Author

थप समाचार
x