Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

जात्रा-पर्व

मंसिर १८ गते विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट जन्ती आउने

इकागज |
कात्तिक २, २०८१ शुक्रबार २१:५९ बजे

तस्विरः फाइल फोटो

काठमाडौं- रामजानकी विवाहपञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ ।  मंसिर १८ गते जन्ती जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । मंसिर २१ गते विवाहपञ्चमी रहेको छ ।

साढे पाँचसय भन्दा बढीको संख्यामा आउने जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा शुरु भइसकेको जनाइएको हो ।  जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार यसै तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरिएको हो । 


विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए ।

जन्तीमा सन्तमहन्थ र विश्व हिन्दु परिषद्का अधिकारीहरु सहभागि रहनेछन् । मंसिर १८ गते जन्ती जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । मंसिर २१ गते विवाहपञ्चमी रहेको छ ।

अयोध्याबाट आएका जन्तीहरु मंसिर २३ गते भारतका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।


Author

थप समाचार
x