पहिलो बज्जिका महोत्सव हुँदै

स्थानीय मातृभाषा बज्जिकाको प्रवर्द्धन गर्ने उद्देश्यसहित सर्लाहीमा पहिलो बज्जिका महोत्सव हुने भएको छ ।
मलङ्गवा नगरपालिका स्थापना दिवसका अवसरमा यही फागुन १७ गते पहिलो बज्जिका भाषा महोत्सव आयोजना गर्न तयारी थालिएको नगरप्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिए । यस क्षेत्रमा मातृभाषाका रूपमा बहुसङ्ख्यकले बज्जिका भाषा बोल्ने गर्दछन् ।
मधेश प्रदेशमा तेस्रो बढी बोल्ने मातृभाषाका रूपमा रहेको यस भाषाको संरक्षणका लागि महोत्सव कोशेढुङ्गा साबित हुने बज्जिका साहित्य समाजका सचिव मुकेश मिश्रले बताए ।
बज्जिका साहित्य समाजका अध्यक्ष रामचन्द्र कुशवाहाले नगरपालिकाको आयोजना तथा साहित्य समाजको संयोजनमा आयोजना हुने महोत्सव यस भाषाको जगेर्नामा ऐतिहासिक हुने बताए ।
महोत्सव आयोजनाका लागि कार्यदल र सल्लाहकार समितिसमेत गठन गरिएको छ ।
कार्यदलको संयोजकमा समाजका अध्यक्ष रामचन्द्र कुशवाहा र सल्लाहकार समितिको संयोजकमा नगरप्रमुख यादव रहेका साहित्य समाजका सचिव मिश्रले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया