रानी र कमल पोखरीमा छठ नमनाइने, गौरीघाट सिंगारिदै
काठमाडौँ - मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाईने छठ पर्वको तयारी काठमाडौँमा पनि सुरु गरिएको छ । विशेषगरी तराईमा जिल्लाहरुमा मनाईने यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यका र पहाडी क्षेत्रहरुमा समेत मनाउन थालिएको छ ।
यसै अवसर पारेर गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भईरहेको छ । छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो । काठमाडौँको रानी पोखरी र कमल पोखरीमा भने छठ पर्व नमनाईने भएको छ । निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा यस वर्ष छठ मनाईने छैन ।
तर गहना पोखरी, नाग पोखरी, बागमती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ । त्यसैगरी पहाडी जिल्लाहरुका कतिपय नदी, किनारा र पोखरीहरुमा पनि यो पर्व मनाउने गरि तयारी थालिएको छ ।
४ दिनसम्म विशेष रुपमा मनाईने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । व्रतालुहरुले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य वस्तुहरु नखाने चलन छ । यो विधिलाई ‘अरबा–अरबाईन’ भनिन्छ ।
आज आईतबार ‘अरबा–अरबाईन’ गरेका व्रतालुहरुले भोलि अर्थात चौंथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशायमा गई अस्ताउँदो सूर्यलाई अध्र्य दिईन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया