जात्रा-पर्व

कैलाली र कञ्‍चनपुरमा पनि छठको रौनक

इकागज |
कात्तिक २३, २०७८ मंगलबार ११:५४ बजे

कैलाली - सुदूरपश्चिमको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा पनि छठको रौनकता छाएको छ । धनगढीस्थित मोहना नदी किनारमा छठी घाट निर्माण गरेर सजाउने काम भैरहेको छ । नदी किनारमा छठ पूजाका लागि सरसफाइ, पूजा घाट निर्माण मंच ब्यबस्थापन, मुर्ती निर्माणलगायतका कामहरू भैरहेको छठ पूजा सेवा समितिका सचिव सरोज यादवले बताए ।

भोलिदेखी सुरु हुने छठ पुजाको सम्पुर्ण तयारीसमेत पूरा भएको बताउदै सचिव यादवले पूजाको लागि छुट्याइएको पण्डाल सजाउने काम भैरहेको बताए । छठ पुजाको तयारीको बारेमा बुझ्न धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वड मोहना घाट पुगेका थिए ।


मेयर वडले छठ पूजाका लागि आवश्यक पर्ने सहयोग गर्न उपमहानगरपालिका तयार रहेको समितीका पदाधिकारीहरूलाई बताए । पुजा गर्ने ठाउँ सम्म्याउन र सरसफाइका लागि उपमहानगरपालिकाबाट जेसिबी मेसिन र सरसफाइ कर्मी पठाएको बताउदै मेयर वडले स्थायी रूपमा छठ पुजाका लागि स्थानको खोजिमा समेत उपमहानगरपालिका लागिरहेको बताए ।

छठमा परिवारको सुख शान्ति तथा सन्तान प्राप्तिका लागि ब्रत बस्ने र पूजापाठ गर्ने चलन छ। कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व मनाउने गरिन्छ । छठ पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ। पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ ।


Author

थप समाचार
x