जात्रा-पर्व

कात्तिक नाचको अन्तिम दिन नृसिंह अवतार–हिरण्यकश्यपु वध मञ्‍चन

इकागज |
मंसिर २, २०७८ बिहीबार १२:२६ बजे

काठमाडौँ - पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरण्यकश्यपु वध मञ्‍न गरिएको छ । 

प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार गएराती सो नृृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गरिएको हो ।


भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हादको कथामा आधारित नृत्य प्रदर्शन गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । 

सो नाटकमार्फत अरुलाई अन्याय तथा अत्याचार गर्न नहुने यदि गरेमा आफू पनि उक्त जालमै परिने सन्देश छर्न खोजिएको उनले बताए । 

 विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास छ ।

 कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । 


Author

थप समाचार
x