जात्रा-पर्व

होलीले सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग पुर्‍याउँछ- नेता कोइराला

इकागज |
चैत ४, २०७८ शुक्रबार १६:३२ बजे

फाइल फोटो

इनरुवा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले हाम्रो मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न होली पर्वले सबैमा प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । 

होली पर्वको अवसरमा आज आयोजित कार्यक्रममा होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको बताउँदै समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गरी न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्नमा यो पर्वले सहयोग पु¥याउनेछ भने ।  यस पर्वले एकापसमा रहेको तीक्तता अन्त्य गर्दै सबैलाई एकता कायम गर्नका लागि मद्दत गरोस् भनी उहाँले कामनासमेत गरे । 


बिहीबार पहाडी जिल्लाहरुमा मनाएको होली पर्व आज सुनसरीसहित तराई मधेस क्षेत्रमा एकापसमा रङ्ग र अबिर लगाएर धुमधामका साथ मनाइँदैछ ।


Author

थप समाचार
x