अर्थ / बाणिज्य

टीसीएलका दुई एन्ड्रोइड टीभी नेपाली बजारमा

इकागज |
कात्तिक २३, २०७७ आइतबार १६:५८ बजे

काठमाडौं : विश्‍व बजारमा उत्पादनका आधारमा टिसिएल दोस्रो ठूलो ब्राण्ड हो । नेपालमा पनि पछिल्लो समय टिसिएलका बिद्युतिय उपकरणको माग बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टिसिएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको छ । 

नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.लि मार्फत नेपाली बजारमा बिक्री हुने गर्छ । सस्तो मूल्यमा स्मार्ट टीभीका लागि परिचित टीसीएल ब्राण्डले फेरी अर्को स्मार्ट टीभी नेपाली बजारमा बिक्री शुरु गरेको छ । 


टीसीएल ४के एन्ड्रोइड टीभीमा विश्‍वव्यापी र स्थानीय एप्ससँगै आउँछ । यसले दर्शकहरुका लागि असीमित सामाग्री प्रदान गर्छ । टीसीएल ले नयाँ पी ७१५ र पी ६१५ एन्ड्रोइड मध्यम रेन्जका विभिन्‍न सेरिजका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय हुने अपेक्षा गरिएको छ ।


Author

थप समाचार
x