विदेशीलाई अपार्टमेन्ट बेच्न खुला
काठमाडौँ– सरकारले विदेशीलाई अपार्टमेन्ट बेच्न खुला गरेको छ । अपार्टमेन्ट विकास गर्नेले अपार्टमेन्टको २० प्रतिशत युनिट (स्पेस) विदेशीलाई बेच्न सक्ने बजेट भाषणका क्रममा अर्थमन्त्रीले उल्लेख गरेका छन् ।
नेपालमा विदेशी मुद्रा सञ्चितिमा चाप परेको अवस्थामा अपार्टमेन्ट विदेशीलाई बेच्न पाए विदेशी मुद्रा आर्जन गर्न सकिने भन्दै व्यवसायीले बजेट अघि अर्थ मन्त्रालयसँग लविङ गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया