आयकरमा कस्ता छुट दियो बजेटले ?
काठमाडौँ– आगामी आर्थिक वर्ष २०७९–८० को बजेटले आयकरमा केही छुट घोषणा गरेको छ । सरकारले विवाहीतको हकमा ६ लाख माथि र अविवाहीतले पाँच लाख माथि वार्षिक आम्दानीमा मात्र आय कर लाग्ने व्यवस्था गरेको छ ।
आयकरको उच्चतम प्रभावकारी दर भने ३६ प्रतिशत नै राखिएको छ । यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले आयकरको उच्चतम दर ३६ प्रतिशत पु¥याएका थिए । आगामी बजेटले बीमा प्रिमियम बापत्को ४० हजार रुपैयाँसम्म कट्टा गर्न पाउनेगरी आयकरमा सहुलियत प्रदान गरेको छ ।
यसका अतिरिक्त, बजेटले विद्युतीय गाडी एसेम्बल गर्ने उद्योगलाई ५ वर्षसम्म ४०% आयकर छुट घोषणा गरेको छ । साना उद्यमीलाई लक्षित गरेर वार्षिक ३० लाख सम्म आय हुने उद्यमीलाई आयकरमा ७५% छुट दिइएको छ भने वार्षिक ३० लाख देखि १ करोड रुपैयाँसम्म आय हुने उद्यमीले पनि ५०% मात्र आयकर तिरे हुन्छ ।
कोभिड–१९ बाट दुई वर्ष थलिएर उठ्न थालेको पर्यटन क्षेत्रलाई पनि आयकरमा बम्पर छुट दिइएको छ । पर्यटन उद्योगलाई आयकरमा ५०% छुट दिइएको छ । त्यस्तै, कृषि औजार कारखानाले स्थापनाको ५ वर्षसम्म शत प्रतिशत आयकर छुट पाउनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया