जग्गा कारोबारमा लाभकर २.५% वृद्धि, एकभन्दा बढी घर/अपार्टमेन्ट जोड्नेले दोब्बर मालपोत तिर्नुपर्ने
ग्राफिक्स : यमन मानन्धर
काठमाडौँ– आगामी आर्थिक वर्ष २०७९–८० को बजेटले जग्गा कारोबारमा पुँजीगत लाभकर बढाएको छ । जग्गाको धेरै किनबेच र सट्टेबाजीलाई नियन्त्रण गर्न जग्गा बिक्रीबाट प्राप्त हुने अधिकतम पुँजीगत लाभकर ७.५ प्रतिशत पु¥याइएको छ ।
स्वामित्वकर्ताले पाँच वर्षपनि नपुगी जग्गा बिक्री गरे ७.५ प्रतिशत लाभकर तिर्नुपर्छ । यसअघि ५ प्रतिशतमात्र तिरे पुग्ने व्यवस्था थियो । १० लाख रुपैयाँमाथिको जग्गा कारोबारमा तिर्नुपर्ने यस्तो पुँजीगत लाभकर पाँच वर्ष स्वामित्व लिएर बेच्नेले भने ५ प्रतिशत तिर्नुपर्छ । यसअघि २.५ प्रतिशत मात्र लाभकर लाग्ने व्यवस्था थियो ।
त्यस्तै एकभन्दा बढी घर र अपार्टमेन्ट किन्नेले मालपोतमा नियमित दस्तुर (एउटा घर वा अपार्टमेन्ट किन्दा लाग्ने रजिष्ट्रेशन शुल्क)भन्दा दोब्बर शुल्क बुझाउनुपर्ने व्यवस्था भएको छ । जग्गाको खन्डीकरण नियन्त्रण गर्न बढी घँडेरी जोड्नेलाई बढी कर लिने चर्चा भएपनि सो व्यवस्था भने बजेटमा राखिएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया