अर्थ / बाणिज्य

रेमि परियोजनाका लागि स्वीजरल्यान्डको ८६ करोड रुपैयाँ अनुदान

इकागज |
जेठ २५, २०७९ बुधबार १७:२ बजे

काठमाडौँ– नेपाल र स्वीजरल्यान्डबीच मुलुकमा फर्केका प्रवासी कामदार पुनःएकीकरण गर्नका लागि स्वीस सरकारको ८६ करोड १३ लाख रुपैयाँ (६८ लाख स्वीस फ्रांक) अनुदान परिचालन गर्ने सहमति भएको छ । 

यो परियोजनाले वैदेशिक रोजगारबाट नेपालमा फर्केका कामदारलाई सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक जीवनमा पुनर्स्थापित हुनका लागि सहयोग गर्ने बताइएको छ । 


वैदेशिक रोजगारबाट फर्केका कामदारको सीप, पुँजी, ज्ञान तथा अनुभवलाई समाजमा पुनर्स्थापित गर्नका लागि उपयोग गरिने परियोजनाको उद्देश्य रहेको अर्थमन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले बताए । 

सम्झौतामा अर्याल र स्वीस दूतावासकी सार्ज डी अफेयर्स सिल्भाना होगले हस्ताक्षर गरेका छन् । 

अर्यालका अनुसार, यो परियोजना प्रदेश १ र मधेश प्रदेशका २० पालिकामा चार वर्षका लागि कार्यान्वयन गरिन लागेको हो । स्वीस सरकारको यो सहायता बजेटरी (बजेटमा उल्लेख भएको) सहायता भएको उनले बताए । 

सम्झौतामा हस्ताक्षरपछि रेमि नामक यस परियोजनाका बारे संक्षिप्त कुराकानी गर्दै होगले आप्रवासनलाई नेपालको विकाससँग जोड्न चाहेको उल्लेख गर्दै स्वीजरल्यान्डले प्रवासी नेपाली कामदार क्षेत्रमा काम गरेर अथाह अनुभव हासिल गरेको बताइन् । रेमि परियोजनाले सरकार, निजी क्षेत्र, प्रवासी कामदारका विभिन्न सञ्जालसँग सहकार्य गरी वैदेशिक रोजगारीबाट फर्केका कामदारका लागि सामाजिक र आर्थिक लाभ सिर्जना गर्ने उनको भनाइ थियो । 


Author

थप समाचार
x