सेयर बजार व्यवसायीहरूको फुटसल प्रतियोगिता २८ गतेदेखि सुरु
काठमाडौँ -नेपाल स्टक ब्रोकर्स एसोसिएसनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फुटसल प्रतियोगिता गर्ने भएको छ। धितोपत्र व्यवसायीहरूको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरूलाई एकीकृत रुपमा अगाडि बढाउने उद्देश्यले जेठ २८ गतेदेखि फुटसल प्रतियोगिता गर्ने भएको हो।
एसोसिएसनले 'फुटसल फर युनिटी' को नारासँगै नेपालमै पहिलो पटक पूँजी बजारसँग सम्बन्धित सम्पूर्ण निकायहरूलाई समावेस गरी 'एसबीएएन क्यापिटल मार्केट फुटसल कप २०२२'को आयोजना गरिएको जनाएको छ । यो प्रतियोगिता चण्डोल स्थित ढुकु फुट्सल हबमा जेठ २८ गते सुरु भइ कुल चार दिन सञ्चालन हुनेछ ।
यसको व्यवस्थापन इभेन्ट कोर्ट प्रालिले गर्नेछ । सेबोन, सिडिएस एण्ड क्लियरिङ लि, धितोपत्र दलाल ब्यवसायी, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ एजेन्सी, निक्षेप सदस्य लगायत अन्य पूँजीबजारसँग सम्बन्धित निकायका ३६ टिमको सहभागिता यस प्रतियोगितामा रहनेछ । प्रतियोगितालाई पारदर्शी बनाउन तथा यसको प्राविधिक पक्षको उचित सन्चालनका लागि एन्फाद्वारा प्रमाणित रेफ्रीहरूमा सम्पुर्ण खेलको नियन्त्रण रहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया