अर्थमन्त्री शर्माले सिंदुर, पोते र चूरालाई पनि छाडेनन्
फाइल फोटो
काठमाडौंँ - नेपाल कस्मेटिक व्यवसायी संघले कस्मेटिक सामग्रीमा अर्थमन्त्री जनार्दन शर्माले लगातार अन्तः शुल्क लगाई भन्सार दर वृद्धि गरेकोमा भत्र्सना गर्दै फिर्ता लिन माग गरेको छ । संघले एक विज्ञप्ति जारी गरी नेपाली धर्म, संस्कृतिमा जोडिएको महिलाका शृंगार सामग्री, सौभाग्य सामग्रीहरूमा लगातार अन्तःशुल्क लगाई भन्सार वृद्धि गरिनु नेपालीको परम्परा संस्कृतिमाथि सरकारको गिद्देदृष्टि रहेको जनाएको छ ।
आत्मनिर्भर अर्थतन्त्रको लाग देशभरका कस्मेटिक व्यवसायीहरुले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै विज्ञप्तिमा कस्मेटिक सामग्री विलासिताका सामान मात्र नभएर दैनिक उपभोग्य वस्तु हो भन्ने आम उपभोक्तामा विश्वासको वातावरण बन्दै गइरहेको संघले जनाएको छ ।
पछिल्लो समय कस्मेटिक व्यवसाय केन्द्र प्रदेश र स्थानीय सरकार मात्र होइन, प्रहरीका साथै विभिन्न समूहबाट पीडित भइ पलायन हुने अवस्था सिर्जना नभएको व्यवसायीहरुको गुनासो छ ।
कस्मेटिक सामग्री स्याम्पु, साबुन, लोसन, फेस क्रिम, सावर जेल, सेन्ट, बडी स्प्रे, आफ्टर सेभ, सेभिङ क्रिम, ब्लेड, रेजर तथा नेपाली धर्म, संस्कृतिमा जोडिएको महिलाका शृंगार सामग्री नेपल पालिस, लिपिस्टिक, चूरा, पोते, सिन्दुर काइयो, ऐन जस्ता सामग्रीमा अर्थमन्त्री शर्माले अन्तःशुल्क र भन्सार लगातार लगाएको संघले जनाएको छ । ‘कस्मेटिक व्यवसायीहरूमाथि भएको अन्याय पूर्ण नीतिलाई तुरुन्त सुधार गरियोस् भन्ने जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया