अर्थ / बाणिज्य

आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको निगमकाे दाबी

इकागज |
असार ६, २०७९ सोमबार १९:२७ बजे

काठमाडौँ- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गरेका छन् । थानीले इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् ।

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर रहेकोमा वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको तर जेठमा घटेर ५९ हजार किलोमिटरमा झरेको उनले जनाए । उनले भने,‘वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको छ । चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो । वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको थियो । तर जेठमा भने घटेर ५९ हजार किलोमिटरमा झरेको छ । सरकारले इन्धन खपत कम गर्न भन्दै जेठ महिनामा आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । अहिले आइतबारको बिदा कटौती गरेको छ ।’


त्यस्तै, उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेले हाल स्वचालित मूल्यअनुसार बिक्री गर्दा पेट्रोलको मूल्य १९९ रूपैयाँ कायम भएको जानकारी दिए । उनले निगमले आईसीलाई २२ अर्ब दिन बाँकी रहेको भन्दै उक्त रकम भुक्तानी नभएसम्म आईसीसीले तेल दिन्‍न भन्‍न थालेको जिकिर गरे ।

सचिव पाण्डेले सरकारले उपभोक्तालाई कसरी सहज र सुपथ मूल्यमा पेट्रोलियम पदार्थ वितरण गर्न सकिन्छ भन्‍ने विषयमा अध्ययन गरिरहेको बताए ।


Author

थप समाचार
x