अर्थ / बाणिज्य

भारतमा निर्यात हुन थाल्याे नेपाली सिमेन्ट

इकागज |
असार २४, २०७९ शुक्रबार १९:२२ बजे

काठमाडाैँ । नवलपरासीको एक सिमेण्ट उद्योगले सिमेन्ट भारतमा निर्यात सुरु गरेको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्टले आफ्नो उत्पादन पहिलोपटक भारत निर्यात गर्न सुरु गरेको हाे ।

पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले शुक्रबारदेखि तानसेन सिमेन्ट भारततर्फ निकासी गरेको छ । उद्योगले एक औपचारिक समारोहको आयोजना गरी भारततर्फ सिमेण्ट निर्यातको शुभारम्भ गरेको हो ।


उद्योगका प्रमुख अतुल डाल्मियाले सिमेण्टमा आत्मनिर्भर बनाउनुका साथै निर्यात गर्ने उद्देश्यले स्थापित उद्योगले उत्पादन बढाउँदै भारततर्फ निर्यात सुरु गरेको बताए।

उनले आज ७ ट्रक सिमेन्ट भारत पठाएको बताउदै माग अनुसार दैनिक भारत निर्यात बताए । पाल्पा सिमेन्टले दैनिक १८ सय टन उत्पादन गर्दै आएको जनाएको छ । सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालको सिमेन्ट भारत निर्यातको शुभारम्भ गरेकी थिइन्।


Author

थप समाचार
x