अर्थ / बाणिज्य

संसदीय समितिले बयानका लागि अर्थ मन्त्रालयका अधिकारीलाई बोलायो

इकागज |
असार ३१, २०७९ शुक्रबार २२:२५ बजे

फाइल फोटो

काठमाडौँ - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बिचौलियालाई अर्थमन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको भन्ने बारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सचिवहरुसहित अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरुलाई  बयानका लागि बोलाएको छ । 

समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाएको हो ।


भोलि अर्थ मन्त्रालयका अधिकारीलाई तीन चरणमा बोलाउने निर्णय समितिले गरेको छ । 


Author

थप समाचार
x