अर्थ / बाणिज्य

डलरको भाउ उकालो लाग्‍दा नेपाली रुपैयाँ इतिहासकै कमजोर

इकागज |
साउन ५, २०७९ बिहीबार ८:५९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको नेपाली मूल्य तोकेको छ । बिहीबारका लागि तोकिएको नेपाली मूल्य अनुसार अमेरी डलर एकको खरिद दर १२७.६९ रुपैयाँ र बिक्री दर १२८.२९ रुपैयाँ रहेको छ । 

त्यसै गरी युरो एकको खरिद दर १३०.१४ रुपैयाँ र बिक्री दर १३०.७५ रुपैयाँ रहेको छ । 


यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.५५ रुपैयाँ, क्यानेडियन डलर ९९.५९ रुपैयाँ, सिंगापुरे डलर ९२.०७ रुपैयाँ रहेको छ । 

साउदी रियाल १ को खरिददर ३४.१५ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३५.२३ रुपैयाँ रहेको छ । 

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।


Author

थप समाचार
x