अर्थ / बाणिज्य

मर्जर र एक्विजिशनको लागि दिएको छुट पुस मसान्तसम्म थप

इकागज |
साउन ६, २०७९ शुक्रबार १८:१६ बजे

काठमाडौंँ - नेपाल राष्ट्र बैंकले बाणिज्य तथा लघुवित्त कम्पनीहरु आफ्नै वर्गका कम्पनीसँग मर्जर तथा एक्विजिशनमा जाँदा उपलब्ध हुने सुविधाहरुबारे म्याद थपेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै मर्जर र एक्विजिशनको लागि दिइएको सुविधा अवधि बढाएको हो।

अब बाणिज्य बैंकहरू तथा लघुवित्त कम्पनीहरुले एक आपसमा मर्जर तथा एक्विजिशनमा जाँदा पाउने सुबिधा पुस मसान्त अवधिसम्म प्राप्त गर्नेछन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने बाणिज्य तथा लघुवित्तहरुलाई मर्जरका लागि हालसम्म दिईएको सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो ।



Author

थप समाचार
x