अर्थ / बाणिज्य

तोकिएको मापदण्ड पूरा नगरे मट्टितेल बिक्रेताको प्रमाणपत्र खारेज हुने

इकागज |
साउन २३, २०७९ सोमबार ७:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल आयल निगमले मापदण्ड विपरीत सञ्चालित मट्टीतेल विक्रेताको प्रमाणपत्र खारेज गर्ने भएको छ । तात्कालीन विक्रेता नियमावली अनुसार तथा विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ (प्रथम संशोधन) परिच्छेद को ३ विनियम १९ तथा अनुसूची ७ बमोजिमको मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी अनुमति पाएका थिए ।

हाल बिक्रेताले मापदण्डले तोकेभन्दा स्थल कम र उपभोक्ताले सहजै पाउन नसकेको गुनासो आएको निगमले जनाएको छ । उपभोक्ताले सजिलोसँगै पाउने व्यवस्था मिलाएर प्रमाणसहित निगमले पेश गर्न आग्रह गरेको छ ।


निगमले जारी गरिएको सूचनामा लेखिएको छ,'  सूचना प्रकाशित भएको ३५ दिनभित्रमा तोकिए बमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाण पेश गर्नुपर्ने छ । तोकिएको समयमा प्रमाण नबुझाएका मट्टितेल विक्रेताको प्रमाणपत्र खारेज गरिनेछ ।'

 


Author

थप समाचार
x