विविध कार्यक्रम सहित अडानले मनायो १७औं स्थापना दिवस
काठमाडौंँ- नेपाल अडिटर्स एशोसिएशन (अडान) ले १७ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । सोही दिन काठमाडाैंँमा रक्तदान, नेपाल लेखामान (एनएफआरएस फर एसएमइएस, एमइएस, एनपीओएस), मौद्रिक नीति २०७९, हालै कर तथा कर विवरणमा भएका परिवर्तनका सेसनहरु सञ्चालन भएको थियो ।
अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सञ्चालित सो सेसनहरुमध्ये नेपाल लेखामान सेसनको अध्यक्षता लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापा, मौद्रिक नीति सेसनको अध्यक्षता नेपाल राष्ट्रबैंकका सञ्चालक समिति सदस्य एवं निवर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका थिए । नेपाल लेखामान (एनएफआरएस फर एसएमइएस, एमइएस, एनपीओएस) सेसनमा बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरुण राउत र चार्टर्ड एकाउन्टेन्ट प्रवीण बरालले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यपत्र माथि एक्यानका अध्यक्ष दिपक पाण्डे, एफएनसीसीआई राजश्व परामर्श समितिका सदस्य सन्दीप अग्रवाल, चेम्बर अफ कमर्सका सचिव पर्शुराम दाहाल, ग्रिल तथा स्टिल ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, एसिसिए ग्लोबलका नेपाल प्रमुख रबिन कटवालले टिप्पणी गरेका थिए ।
एन.एफ.आर.एस. वारे जनचेतना नपुगेको समन्वय नभएको, लागू गर्न खर्च बढी लाग्ने भएको र हालको एसएमई, एमई को सीमामा पुनर्विचार हुनुपर्ने तर संसारका अधिकांश देशमा मानहरु लागू भैसकेकोले नेपालमा पनि गर्नुपर्ने बताइएको थियो ।
१७ औं अडान डे को अवसरमा माननीय महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल)ज्यू को प्रमुख आतिथ्यतामा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सुजन कुमार काफ्ले, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक कुमार मल्होत्रा, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेशप्रसाद सिंह, आन्तरिक राजश्व विभागका उप महानिर्देशक अजुर्न प्रसाद भट्टराई, अडानका निवर्तमान अध्यक्ष मोहनराज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल लगायतले शुभकामना दिएका थिए।
कार्यक्रमको अध्यक्षता अडानका अध्यक्ष केदारनाथ पौडेल, सञ्चालन महासचिव प्रेम बहादुर श्रेष्ठ र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बद्री प्रसाद भट्टराईले गरेका थिए । साथै आईक्यानको नवौं परिषदबाट निर्वाचित अध्यक्ष भाष्कर सिंह लाला र उपाध्यक्ष सुजन कुमार काफ्लेलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । अडानका संस्थापक अध्यक्ष कमल खरेललाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
सोहि दिन काठमाडौं जिल्ला कार्यसमितिले प्रकाशन गरेको अडान अर्थमाला प्रमुख अतिथि टंकमणि शर्मा (दङ्गाल), अडान केन्द्रीय कार्यसमितिका अध्यक्ष केदारनाथ पौडेल र काठमाडौं जिल्ला कार्यसमतिका अध्यक्ष पुर्ण बहादुर चन्दले विमोचन गरेका थिए।
महालेखापरीक्षक शर्माले सबै लेखापरीक्षकहरु नियमनकारी निकायका सदस्य भएकाले सबैले आफैलाई स्वनियमन गर्नुपर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एनएफआरएस फर एसएमइएस को सिमामा परिवर्तन गरी कम्तीमा ५० करोड हुनुपर्ने बताए । अडानका अध्यक्ष केदारनाथ पौडेलले सबै सदस्यहरुको हकहित र चुनौतीका सम्बन्धमा संस्था प्रतिबद्ध रहेको बताए ।
“अडान डे” को अवसरमा नै उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्डै १०० जनाले रक्तदान गरेका थिए । आजै मुलुकभरका जिल्ला तथा प्रदेश समितिहरुले अन्तरक्रिया, सेमिनार, गोष्ठी, रचनात्मक सामाजिक उत्तरदायित्वका क्रियाकलाप रक्तदान, वृद्धवृद्धालाई खाना खुवाउने, असहायहरूलाई कपडा बितरण, फलफुल, स्टेशनरी बितरण गरि अडानको १७ औं स्थापना दिवस सम्पन्न भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया