अर्थ / बाणिज्य

दक्षिण कोरियामा श्रमिक लैजान कोटा तोकियो

इकागज |
चैत ३०, २०७७ सोमबार १७:४७ बजे

काठमाडौं : दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा तोकेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो ।

एचआरडीले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेकोमा नेपाललाई यो सङ्ख्या परेका हो । यो कोटा विश्वका विभिन्न १६ देशका लागि छुट्याइएको छ ।

दक्षिण कोरिया जान चाहने कामदारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भाषा हो। कोरियाली भाषा सिक्नका लागि राजधानी काठमाण्डू र अन्य प्रमुख सहरहरूमा पर्याप्त रूपमा 'ल्याङ्वेज सेन्टर' खुलेका छन्।



Author

थप समाचार
x