भारतबाट पुन: बढेर आयो इन्धनको मूल्य
फाइल फोटो
काठमाडौँ - भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार बढेको पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको हो।
आज भारतले पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजेल ६ रुपैयाँ १२ पैसा बढेर आएको हो। नयाँ मूल्यअनुसार निगमलाई डिजलमा प्रतिलिटर १२ रुपैयाँ घाटा पुगेको छ। हवाइ इन्धनमा ८ रुपैयाँ बढेर आएको छ। तर पेट्रोलमा भने अझै प्रतिलिटर २ रुपैयाँ नाफा छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ। अब एलपी ग्यासमा १५ दिनको नोक्सानी करिब ५० करोड पुग्नेछ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया