इन्धनको मूल्य फेरि बढ्यो
काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । बिहीबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया