अर्थ / बाणिज्य

आर्मी, पुलिस लगायतका संस्थालाई महानगरको बहाल कर तिर्न १० दिने अल्टिमेटम

इकागज |
भदौ २३, २०७९ बिहीबार १७:३ बजे

फाइल फोटो

काठमाडौँ – बहाल कर नबुझाएको भन्दै काठमाडौँ महानगर पालिकाले सुरक्षा निकाय, समाज कल्याण परिषद, सरकारी कलेज लगायतलाई कर बुझाउन पत्र काटेको छ। महानगर क्षेत्रभित्र बहालमा लगाइ आम्दानी गरेको र कर बुझाउन पटक-पटक ताकेता गरेपनि नबुझाएको भन्दै पत्र काटेको हो।

महानगरले नेपाल आर्मी, नेपाल प्रहरी, समाज कल्याण परिषद, शंकरदेव कलेज, आर.आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पसलाई बहाल कर तिर्नका लागि पत्र काटेको छ।


यी कार्यालयहरूले महानगरको क्षेत्रभित्र बहालमा लगाइ बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझाएको भन्दै पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्वन्धित वडा कार्यालयमा गई नियमानुसारको बहाल कर र सो को जरिवाना सहित पत्राचार गरेको छ ।  अन्यथा राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्न आवश्यक प्रकृया अगाडी बढाउने पनि सो पत्रमा उल्लेख छ।


Author

थप समाचार
x