अर्थ / बाणिज्य

निमार्ण व्यवसायी संघ कैलालीको अध्यक्षमा मल्ल निर्विरोध चयन

इकागज |
भदौ २३, २०७९ बिहीबार २१:२७ बजे

कैलाली- निमार्ण व्यवसायी संघ कैलालीको अध्यक्षमा टेकबहादुर मल्ल निर्विरोध चयन भएका छन् ।

सङ्घको ११ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीर्घ राज जोशी, महासचिवमा विक्रम विष्ट, उपमहासचिव (नीतिगत) तर्फ योगेन्द्र चन्द, उपमहासचिव (आन्तरिक) तर्फ अमरबहादुर खड्का र सह कोषाध्यक्षमा सिद्ध राज भट्ट निर्विरोध चयन भएको निर्वाचन अधिकृत राजेन्द्र खड्काले जानकारी दिए ।


यस्तै यसअघि प्रथम उपाध्यक्षमा धिरेन्द्र साउँद निर्विरोध चयन भएका थिए । निर्वाचन अधिकृत खड्काका अनुसार कोषाध्यक्ष र ६ जना सदस्यको लागि भने निर्वाचन हुने भएको छ ।

सो पदमा सहमति जुट्न नसकेपछि शुक्रबार बिहान ८ बजेदेखि निर्वाचन हुने निर्वाचन अधिकृत खड्काले बताए ।


Author

थप समाचार
x