अर्थ / बाणिज्य

निलम्बित प्रधान्यायाधीश चोलेन्द्रकी छोरी सृष्टि राणालाई सहकारीको ऋण चुक्ता गर्न २१ दिने सूचना

इकागज |
भदौ २४, २०७९ शुक्रबार १४:४५ बजे

काठमाडौँ- लालीगुराँस बहुउद्देश्यीय सहकारीले सृष्टि राणा रावललाई २१ दिन भित्रमा ऋण चुक्ता गर्न निर्देशन दिएको छ । उनी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी हुन् ।

राणाले सहकारीबाट व्यापारिक कर्जा लिएकी हुन् । काठमाडौँ महानगरपालिका १० बसोबास गर्ने राणालाई सहकारीले साँवा, ब्याज र अन्य दस्तुर नतिरेकाले तिर्न निर्देशन दिएको हो । सम्पूर्ण कर्जा रकम चुक्ता गर्न पटक-पटक मौखिक तथा लिखित ताकेता गरेकाले चासो नदेखाइ बसेकाले ऋणीको नाममा कर्जा चुक्ता गर्न आउनु भनी सहकारीले सूचना प्रकाशित गरेको छ ।


'२१ दिन भित्रमा संस्थामा सम्पर्क गरी कर्जाको साँवा, ब्याज तथा अन्य दस्तुरसमेत चुक्ता गर्नुहोला । अन्यथा संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली, संस्थाको विनियम तथा सहकारी ऐन २०७४ नियमावली २०७५ ले दिएको अधिकार प्रयोग गरी ऋणी तथा जमानीको फोटो सहितको विवरण खुलाई पुनः ३५ दिने सूचना प्रकाशित गरी संस्थाको नाममा दृष्टिबन्धकी पारित गरी दिएको धितो घरजग्गा लिलाम बिक्री गरी सम्पूर्ण कर्जा रकम असुल उपर प्रक्रिया अगाडि बढाइने व्यहोरा जानकारी गराइन्छ, ' सहकारीले जारी गरेको सूचना लेखिएको छ ।

सहकारीले ऋणी र जमानत बस्ने दुवै जनाको नाम सूचनामा उल्लेख गरेको छ । राष्ट्र बैंकका पूर्व गर्भनर तिलक रावलकी राणा बुहारी हुन् । ३८ वर्षीय राणा विनय रावलकी श्रीमती हुन् ।  

सहकारी ललितपुर महानगरपालिका ३ पुल्चोकमा रहेको छ ।


Author

थप समाचार
x