गाडीहरू आयुले नभई इन्जिनले चल्छ : अध्यक्ष गिरी
सार्वजनिक सवारी साधनमा लगाएको २० वर्षे आयु पुनर्विचार गर्न माग
काठमाडौँ- स्वरोजगार यातायात मजदुर संगठनले सार्वजनिक सवारी साधनमा लगाएको २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले भेहिकल फिटनेस टेष्टका आधारमा मात्रै सवारीसाधन चल्न पाउने मापदण्ड बनाई २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको हो ।
सार्वजनिक सवारीलाई लगाइएको २० वर्ष आयु तोक्ने निर्णय तत्काल खारेज हुनुपर्ने, २० वर्ष पुगेका सवारी साधनहरूको कागजपत्रहरू तत्काल नवीकरण गर्नुपर्ने र जफत गरिएका सवारी सवारी साधनहरू तत्काल सवारी धनीहरूलाई फिर्ता गर्नुपर्ने आफूहरूको माग रहेको संगठनका अध्यक्ष खड्गबहादुर गिरीले जानकारी दिए । उनले गाडीहरू आयुले नभई इन्जिनले चल्ने भएकाले इन्जिन सही अवस्थामा रहेका सवारी साधन चल्न पाउनुपर्ने बताए ।
संगठनले यस विषयमा आफूहरू छलफल गर्न तयार रहेको र समस्या समाधान नभए संघर्षको बाटो रोज्ने चेतावनी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया