अर्थ / बाणिज्य

तनहुँ उद्योग वाणिज्य संघमा श्रेष्ठ

इकागज |
बैशाख ५, २०७८ आइतबार ९:१८ बजे

तस्बिर : रासस

तनहुँ : तनहुँ उद्योग वाणिज्य संघको शनिबार साँझ सम्पन्‍न १६औँ महाधिवेशनबाट अध्यक्षमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका सात बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरे । श्रेष्ठ १४१ बढी मत ल्याएर विजयी भएका हुन् । २३ मत बदर भएको थियो ।

अध्यक्ष पदका मिश्र र श्रेष्ठ दुई जनाको उम्मेदवारी रहेपछि निर्वाचन प्रक्रियामा गएको हो । अर्का उम्मेदवार अर्जुन अधिकारीले भने उम्मेदवारी फिर्ता गरेका थिए । सबैभन्दा बढी मत रहेको दमौलीमा एक हजार ८५, आँबुखैरेनी ३४७, डुम्रे २६१, थर्पु १२१, सत्रसय ४७, विमलनगर ४१ र बन्दीपुर ४८ सदस्य सङ्ख्या रहेको संघका कार्यकारी सचिव सीता गुरुङले जानकारी दिए । संघको अध्यक्ष पद दाबी गर्दै लोकतान्त्रिक खेमाका श्रेष्ठ र बैकुण्ठनाथ मिश्र चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।   


तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो । संघको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, संघको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भएका छन् । (रासस
 


Author

थप समाचार
x