'अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्छ'
काठमाडौँ- सरोकारवालाहरूले उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरूले उपभोक्ता अधिकारको विषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले अहिले उपभोक्ता अधिकारकर्मी र सरकारबीच कित्ताकाट भएजस्तो देखिएको भन्दै दुई निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले निःस्वार्थ रूपमा दुवै पक्षले काम गर्नुपर्ने बताए । बास्कोटाले आफ्नो अधिकारका लागि स्वयं आमउपभोक्ता पनि सजक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले मुलुकको बजार अस्वस्थ रहेकाले यसलाई स्वस्थ्य बनाउन गम्भीर भएर अधिकारकर्मीहरू अघि बढ्नुपर्ने धारणा राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया