अर्थ / बाणिज्य

सिभिल बैंकको कायममुकायम सिइओमा सुनिलकुमार पोखरेल

इकागज |
बैशाख ६, २०७८ सोमबार १७:५ बजे

काठमाडौं : सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिएपछि बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकबाट बैशाख १८ गते देखि लागु हुने गरी राजीनामा स्वीकृत भएको छ । बैंकमा २०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र २ि०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका हुन् । बैंकले चेन्ज म्यानेजमेन्ट मार्फत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा व्यापक सुधार गरी हालैको वर्षहरुमा व्यवसायको आयतनमा व्यापक वृद्धि गरेको हो । 

उनले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप ३३ अर्व ८१ करोड रुपैयाँ, कर्जा ३१ अर्व १९ करोड रुपैयाँ, निष्कृय कर्जा अनुपात ४.६६ प्रतिशत, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप ८७ अर्व ८९ करोड रुपैयाँ, कर्जा ८१ अर्व ४४ करोड रुपैयाँ, निष्कृय कर्जा अनुपात १.७० प्रतिशत तथा शाखा संख्या ११४ पुगेको छ । उहाँको कार्यकालमै यूनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।



Author

थप समाचार
x