अर्थ / बाणिज्य

मध्यभोटेकोशीलाई डेढ अर्बको आइपिओ जारी गर्न बोर्डको स्वीकृति

इकागज |
बैशाख ७, २०७८ मंगलबार १४:५३ बजे

काठमाडौं : मध्यभोटेकोसी जलविद्युत आयोजनाले साधारण सेयर (आइपिओ) निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक अर्ब ५० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो । 

कम्पनीले सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कुल सेयरमा २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधरणलाई १५ र प्रभावित जिल्लाबासीलाई १० प्रतिशत सेयर दिइने कम्पनीले जानकारी दिएको छ । बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ। 

धितोपत्र बोर्डले स्वीकृति दिएको २ महिनामा आयोजनाले आइपिओ जारी गर्नेछ ।  सिन्धुपाल्चोकमा निर्माणाधीन यो आयोजनाको क्षमता १०२ मेगावाट छ। आयोजनाबाट वार्षिक ५९ करोड युनिट विद्युत बिक्री हुने अनुमान छ ।



Author

थप समाचार
x