अर्थ / बाणिज्य

प्रबन्‍धपत्र संशोधन गर्दै सकियो अजोड इन्स्योरेन्सको साधारणसभा

इकागज |
बैशाख ८, २०७८ बुधबार १३:० बजे

काठमाडौं : अजोड इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्‍न भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्‍न भएको हो ।
 
यसअघि सञ्‍चालक समितिले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । तर, सेयर मूल्य प्रभावित पार्ने गरि हकप्रद सेयर निष्काशनको निर्णय भएको आशंकामा धितोपत्र बोर्डले छानिबिन प्रक्रिया नै अघि बढायो । त्यस्तै बीमा समितिले समेत हकप्रद निष्काशन नगर्न निर्देशन दिएपछि हकप्रदको प्रस्ताव स्थगन भयो ।

कम्पनीको नियमावलीको नियम २४ (२) र नियम ४० संशोधन प्रस्ताव पारित भएको छ ।   



Author

थप समाचार
x