अर्थ / बाणिज्य

तीन महिनापछि पुनः सञ्चालनमा आयाे हेटौंडा सिमेन्ट उद्योग

इकागज |
कात्तिक १६, २०७९ बुधबार १३:५८ बजे

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि बन्द रहेको बागमती प्रदेशको राजधानी हेटौंडास्थित सरकारी स्वामित्वमा रहेको उक्त उद्योग मंगलबारबाट पुनः सञ्चालनमा आएको हो ।

उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । बोलपत्र आह्वान गरी उद्योगका लागि आवश्यक कोइला भारत, भुटान, इन्डोनेसियालगायतका देशबाट आपूर्ति गरी उत्पादन सुरु गरेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए ।


उद्योगका उपकरणको मर्मतसम्भारको लागि दुई हप्ता उत्पादन बन्द गरिएको भए पनि कोइलाको अभावले गर्दा साउनको दोस्रो साताबाट सिमेन्ट उत्पादन कार्य बन्द गर्न बाध्यता भएको उद्योग व्यवस्थापनले जनाएको छ । पाण्डेका अनुसार उद्योगमा दैनिक १ सय १० टन कोइला खपत हुने गरेको छ । उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगमा पर्याप्त चुनढुंगाको भण्डारण रहेको उद्योग व्यवस्थापनले जनाएको छ ।


Author

थप समाचार
x