अर्थ / बाणिज्य

माछा पाल्नुहाेस् ५० प्रतिशत अनुदान लिनुहाेस्

इकागज |
मंसिर १७, २०७९ शनिबार १५:४० बजे

फाइल तस्बिर

भरतपुर- भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।    
    
महानगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो । महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ ।
    
विद्युत् महसुलमा अनुदानका लागि आवेदन पेस गर्न भरतपुर महानगरपालिकाको वेबसाइट वा कृषि महाशाखामा सम्पर्क गर्न किसानलाई अनुरोध गरिएको महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाप्रमुख मेघराज ढकालले बताए । यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउने महानगरले अपेक्षा लिइएको उनले बताए ।    
    
अनुदानका लागि किसानले माछापोखरीमा पानी भर्नका लागि प्रयोग भएको विद्युत् मिटरमा उठेको रकम र विद्युत् कार्यालयमा तिरेर रसिद महानगरपालिकामा पेस गर्नुपर्ने हुन्छ । यस्तै व्यावसायिक फर्म महानगरको वडा कार्यालयमा दर्ता गरेको हुनुपर्ने र मिटर फर्मको नाममा दर्ता गरेको हुनुपर्ने प्रमुख ढकालले जानकारी दिए।    
    
यस्तै फर्म महानगरपालिका अथवा सेवा केन्द्रमा सूचीकरणसमेत गरेको हुनुपर्ने उनले बताए । महानगरपालिका–१८, २०, २२, २३, २६ लगायतका वडामा व्यावसायिक रुपमा माछापालन गरिएको छ । महानगरपालिकाले माछासँगै र दूधमा पनि अनुदान दिइरहेको छ । प्रतिलिटर दूधमा तीन रुपयाँ अनुदान दिने कार्यक्रम महानगरपालिकाले सञ्चालन गरिरहेको छ ।  



Author

थप समाचार
x