जापानद्वारा काभ्रेमा स्वास्थ्य चौकी निर्माणका लागि १ करोड ४९ लाख सहयोग
काठमाडौंँ- काभ्रेपलाञ्चोक जिल्लामा नयाँ स्वास्थ्य चौकी निर्माणका लागि जापानले १ लाख १३ हजार ९६ अमेरिकी डलर ( करिब १ करोड ४९ लाख) सहयोग गरेको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाले ग्रामीण सशक्तीकरण समाजका अध्यक्ष मनोजराज पन्तसँग अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । मङ्गलबार काठमाडौंस्थित जापानी राजदूतावासमा हस्ताक्षर सम्पन्न भएको छ।
यो परियोजना जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) को लागि अनुदान सहायता अन्तर्गत रहेको छ। आयोजनाले चौरीदेउराली गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण गर्न सहयोग गरेको छ ।
हाल चौरीदेउराली गाउँपालिकाको उत्तरी भेगमा एउटा गाउँपालिका अस्पताल भए पनि गाउँपालिकाको दक्षिणी भेगबाट दुई घण्टाभन्दा बढी पैदल हिँडेर अस्पताल पुग्नुपर्छ । दूरी, र खराब यातायात पहुँच अवस्थाले त्यहाँका बासिन्दाहरूलाई चिकित्सा परीक्षण र उपचार प्राप्त गर्नबाट रोक्छ। साथै यस क्षेत्रमा अस्तव्यस्त बिजुली आपूर्ति छ, जसले अस्पतालमा चिकित्सा सेवा प्रभावित गर्दछ। परियोजनाले उपलब्ध गराउने स्वास्थ्य चौकीमा सौर्य ऊर्जा उत्पादन प्रणाली जडान गरिने छ, जसले गर्दा स्थितिमा सुधार भई नजिकका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।
ग्रामीण सशक्तीकरण समाजले केही समयदेखि यस क्षेत्रका बासिन्दाहरूको जीवनस्तर सुधार गर्न काम गर्दै आएको छ। आयोजनाको व्यवस्थापन चौंरीदेउराली गाउँपालिका र ग्रामीण सशक्तीकरण समाजले गर्नेछ । चौंरीदेउराली गाउँपालिकाले आवश्यक स्वास्थ्य उपकरणका साथै चिकित्सक, नर्स तथा अन्य कर्मचारी र खर्च उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
सहयोग कार्यक्रम बोल्दै नेपालका लागि जापानका राजदूत युतुकाले जापानको यस सहयोगले उक्त क्षेत्रका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे । साथै यसले नेपाल र जापानबीचको मित्रतालाई झन् झन् प्रगाढ बनाउने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया