आरएमसी फुड्स र नेपाल साहित्य महोत्सवबीच साझेदारी
काठमाडौँ– बुकवर्म फाउण्डेसनको आयोजनामा वार्षिक रूपमा हुँदै आएको नेपाल साहित्य महोत्सवले आफ्नो दसौँ संस्करणका लागि आरएमसी फुड्ससँग साझेदारी गरेको छ ।
राष्ट्रलाई समृद्धिशाली बनाउन आर्थिक पाटोसँगै शिक्षा, कला र साहित्यको प्रबर्द्धन र जगेर्ना पनि उत्तिकै महत्वपूर्ण रहेको यथार्थलाई आत्मसाथ गर्दै आरएमसीले नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्ने निर्णय लिएको कम्पनीले बताएको छ ।
रमणीय शहर पोखराको बाराहिघाटमा पुस ६ देखि ११ गतेसम्म आयोजना भएको उक्त फेस्टिभलमा साहित्य, कला, समाज, संस्कृति, काव्य, सङ्गीत र सौन्दर्यका यावत् विषयहरूबारे सेसन चलाइएको थियो ।
दक्षिण एसियाका चर्चित लेखक र अन्य लोकप्रिय व्यक्तित्वहरू समेत सहभागी भएको फेस्टिभलमा आरएमसी फुड्स अन्तर्गत सञ्चालित ब्राण्ड न्यूट्रीप्लसद्वारा प्रायोजित ‘कलनेरी पेनल छलफलमा “टिमुरदेखि ऐलासम्म“ शिर्षकमा सेसन पनि चलाइएको थियो । उक्त सेसन सन् २०२० को बिबीसी मास्टरसेफका फाइनलिस्ट तथा न्यूट्रीप्लस फुड्सका ब्राण्ड एम्बेसेडरसमेत रहेका सन्तोष साह र टिमुर किताबका लेखक डा. प्रशान्त खनालले अन्तराष्ट्रिय बजारमा नेपाली खानाको सम्भावना र चुनौतीजस्ता विषयबारे छलफल गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया