अर्थ / बाणिज्य

रसुवागढी नाकाबाट नेपाली सामग्री निर्यात सुरु

इकागज |
पुस १२, २०७९ मंगलबार २०:१४ बजे

काठमाडौँ- रसुवागढी नाकाबाट चीनतर्फ नेपाली सामग्री निर्यात सुरु भएको छ ।​

नयाँ सरकार गठन भएसँगै मंगलबारदेखि चीनतर्फ सामग्रीको निर्यात सुरु भएको हाे । तीनवटा टेलर (नेपाली ६ वटा गाडी)मार्फत सामग्री​हरू निर्यात गरिएको रसुवा भन्सार कार्यालयले जनाएकाे छ ।​


ह्यान्डीक्राफ्ट, बाँसको मुडा तथा बाँसका अन्य सामग्री निर्यात गरिएकाे छ ।

कोभिड-१९ का कारण २०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात हुन सकेकाे थिएन । अब भने सामग्री नियमित निर्यात हुने सम्भावना रहेकाे भन्सार कार्यालयले जनाएकाे छ ।


Author

थप समाचार
x