सचिव हेरफेर : अर्थमा राया, राजस्वमा घिमिरे
काठमाडौँ- सरकारले अर्थ सचिव र राजस्व सचिव हेरफेर गरेको छ। मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको हो। अर्थसचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरे ल्याइएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको हो।
हाल अर्थसचिव कृष्णहरि पुस्कर र राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए। राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया