सरकारको न्यूनतम साझा कार्यक्रमकाे प्रतिवेदन बुझाउँदै कार्यदल
काठमाडौँ- सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठन गरिएको कार्यदलले शुक्रबार शीर्ष तहलाई प्रतिवेदन बुझाउने भएको छ ।
शुक्रबार बिहान ११ बजे कार्यदलको बैठक बसेर न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने र शीर्ष तहमा प्रतिवेदन बुझाइने कार्यदल संयोजक समेत रहेका उपप्रधान एवं अर्थतन्त्री विष्णु पौडेलले जानकारी दिए । उनले सरकारमा सहभागी दलहरूको सुझाव लिँदै मस्यौदा तयार पारिएको र शुक्रबार अन्तिम रूप दिने बताए ।
कार्यदलका सदस्य एवं माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ भएका कारण बिहीबार बैठक बस्न नसकेको उनले बताए ।
पुस १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सहभागिता रहेको छ । संसद्मा विश्वासको मत लिएलगत्तै न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को तयारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया