अर्थ / बाणिज्य

खानेपानी आयोजनाहरूमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि बीमा नीति अवलम्बन

इकागज |
पुस २१, २०७९ बिहीबार १५:३० बजे

काठमाडौँ- देशको धेरै स्थानमा रहेको खानेपानीको अभाव हटाउन साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाले खेल्दै आएको भूमिकाको प्रशंसा हुँदै आएको छ । खानेपानी तथा सरसफाइको क्षेत्रमा सोझै उपभोक्तालाई जोडेर कार्यक्रम अघि बढाउन थालेपछि त्यसको प्रभावकारीता पनि सकारात्मक देखिएको छ । 

आयोजनाले अहिले खानेपानी क्षेत्रका उपभोक्ता संस्थाहरूलाई बीमा प्रक्रियामा जोडेर अघि बढाउन थालेको छ । आयोजनाको दीगो सञ्चालन र व्यवस्थापनका लागि बीमा उपकरण प्रयोग गरौँ भन्ने सन्देशका साथ यो कार्यक्रम अघि बढाइएको आयोजनाको भनाइ छ ।  प्राकृतिक प्रकोप वा अन्य कुनै भवितव्यबाट हुनसक्ने जोखिमहरूको न्यूनीकरणका लागि आयोजनाहरूलाई  बीमा प्रणाली अवलम्बन गराउन थालिएको छ ।


कोषको लगानीको महत्वपूर्ण क्षेत्रमध्ये खानेपानी क्षेत्रका उपभोक्ता संस्थाहरूले सञ्चालन गर्दै आएका खानेपानी आयोजनाहरूको संरचनाहरूमा हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले साना सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत प्रथम, दोस्रो र तेस्रो चरण तथा सह– लगानी अन्तर्गतका ४४ वटा  खानेपानी उपभोक्ता संस्थाका अध्यक्षहरूका लागि आयोजनाको बीमा सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गत पुष १८ गते सम्पन्न गरिएको छ । 

यस बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रमबाट वर्षेनी प्राकृतिक विपद्का कारण उपभोक्ता संस्थाहरूबाट आयोजनाहरूका लागि ठूलो मात्रामा भइरहेको मर्मत सम्भार खर्चमा कमी ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । 


Author

थप समाचार
x