राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्ग प्रदर्शन स्वागतयोग्य : अध्यक्ष गोल्छा
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्ग प्रदर्शन स्वागतयोग्य रहेको बताएका छन् ।
बिहीबार जुत्ता उत्पादक संघ नेपालले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीमा कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्ग प्रदर्शन स्वागतयोग्य रहेको बताएका हुन् । उनले उद्योगी व्यवसायीका समस्या चालु पुँजी कर्जा मार्ग प्रदर्शनमा केही नीतिहरू परिमार्जनले मात्रै अर्थतन्त्रमा देखिएका चुनौतीको सामान गर्न नसक्ने जिकिर गरे ।
उनले सरकारले बजारमा देखिएको उच्च बैंकको ब्याजदर कम गर्ने, तरलता सहज बनाउने लगायतका काम गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष गोल्छाले नयाँ सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न धेरै चुनौती रहेको उल्लेख गरे । उनले खुला सिमानाबाट अनधिकृत रूपमा भइरहेको आयातका कारण सरकारको राजश्व संकलनको लक्ष्यभन्दा तल पुगेको भनाइ राखे ।
उनले राजश्व संकलन २५ प्रतिशत कमी आउँदा राज्य सञ्चालनमा समेत समस्या भइरहेको अवस्था रहेको दाबी गरे । अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रलाई योगदान गर्ने प्रमुख क्षेत्र जुत्ताचप्पल उद्योग पनि भएको बताए । उनले जुत्ता चप्पल क्षेत्रमा आत्मनिर्भर भएकाले चुत्ता आयात गर्नुपर्ने अवस्था नभएको जिकिर गरे । उनले जुत्ता चप्पल उद्योगमा देखिएका समस्या समाधान सरकारले तत्काल गर्नु आवश्यक रहेको औँल्याए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया