सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो
काठमाडौं - सुनको मूल्यमा आइतबार एकैदिन एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर बढेको छ । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया